विराटनगर : प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा विराटनगर महानगरपालिकाले छलफल थालेको छ ।
सोमबार आयोजित कार्यक्रममा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०–८१ देखि २०८४–८५ सम्मको आवधिक योजनाका विषयमा छलफल भएको हो । विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए ।
सो अवसरमा योजना विकास विज्ञ डा रामचन्द्र लामिछानेले विराटनगरको भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग–व्यवसायलगायतका विषयलाई समेटेर तयार पारिएको आवधिक योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले भावीपुस्ताले कस्तो विराटनगर चाहेका छन् भनेर योजनाका साथ काम गर्नुपर्नेमा जोड दिंदै आगामी १० वर्षसम्मका लागि सडक, विद्यालय, बत्ती, खानेपानीसहितका आधारभूत कुरालाई समेटेर योजना बनाउनु आवश्यक रहेको बताए ।
कार्यर्क्रममा वडाध्यक्षहरु काजीबहादुर बस्नेत, तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरे, बासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यनारायण यादवलगायतले महानगरको विषयगत समितिमा व्यापक छलफल गरेर मात्रै आवधिक योजनालाई अन्तिम रुप दिन सुझाव दिएका थिए ।
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved