विराटनगर । नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ । रिटिङ–रिटिङ नबजाउ विनायो, वल्लो खोलो पल्लो खोलो जस्ता सयौं कालजयी लोकगीतका गायक जोशीको ८८ वर्षको उमेरमा बिहीबार साँझ दमकमा निधन भएको हो ।
उनी परिवारका सदस्यहरुसँगै खाना खाइरहेको बेलामा एक्कासी ढलेर बेहोस भएका थिए । उपचारका लागि तत्कालै दमक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
धनकुटा जिल्लाको ६ नम्बरको बीचबजारमा विसं १९९३ मा जन्मिएका जोशी झापामा बस्दै आएका थिए । उनले आफ्ना दुई छोरामध्ये कान्छालाई तीन वर्ष अघि र पत्नीलाई एक दशक अघि नै गुमाउनु परेको थियो ।
जोशीले पहिलोपटक २०१३ सालमा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर रेडियो नेपालबाट गायन यात्रा सुरु गरेको जनाइएको छ ।
View : 221
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved