Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

क्रम्प्टनले सुरू गर्यो ‘अल्टिमेट विन्टरब्रेक’

उद्‌घोष संवाददाता
७ पुष २०८२, सोमवार

विराटनगर । घरघरमा विश्वासको साथी बनेको ब्रान्ड क्रम्प्टनले यसपालिको चिसोयाममा ग्राहकहरूका लागि रोमाञ्चक नयाँ योजना लिएर आएको छ । 

‘द अल्टिमेटविन्टरब्रेक’ अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे रङ्गशालामा आईसीसी टि–२० विश्वकप २०२६ को नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउने छन् ।

यो पहलले जाडोको दिनहरूलाइ क्रिकेटके जोश र यात्राको रोमाञ्चले भरिपूर्ण बनाउने लक्ष्य राखेको छ । 

क्रम्प्टनले घरेलु आराम दिने र ग्राहकलाई अविस्मरणीय जीवनानुभव दिन यो अभियान सुरू गरेको हो ।

यस अभियानको विजेताले आफ्ना लागि मुम्बईको पा“चदिने सम्पूर्ण यात्रा प्याकेज जित्नेछन् । 

यसको सबैभन्दा आकर्षक पक्ष भनेको वानखेडे रङ्गशालाको दर्शक दिर्घामा बसेर विश्वकपको जोशिलो वातावरणमा नेपालको खेल हेर्न अनमोल अवसर हो ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved