विराटनगर । सुनसरीबाट २१९ किलो गाँजा बरामद भएको छ । बुधबार बिहान करिव साढे १ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदीको किनारबाट एक सय ६४ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुरक्षा बेस चतराले डुङ्गामा लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो । त्यसैगरी सुनसरीकै बर्जू गाउँपालिका–४ स्थित नेपाल भारत सिमा क्षेत्रबाट सोमबार ५५ किलो गाँजा बरामद भएको थियो ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बोर्ड आउट पोष्ट हर्वेनी र अमडुवाबाट सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।
View : 247
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved