विराट ट्रेड एक्स्पो स्टल भिजिट
विराटनगर । विराट ग्रुप अन्तरगतको विराट हेल्थकेयर इण्डष्ट्रिज प्रालिले उत्पादन गरेको सेनेटरी सामग्रीमा विराट ट्रेड एक्स्पोको अवसरमा छुटका विभिन्न कार्यक्रम लागू गरेको छ ।
कम्पनीले उत्पादन गरेको ह्वाइट मुन ब्राण्डको तीनवटा सेनिटरी प्याड खरिद गर्दा एउटा सित्तैमा दिंदै आएको जनाइएको छ । त्यसैगरी डाइपरमा २५ प्रतिशत छुटको अफर रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका सेल्स अफिसर प्रमोद न्यौपानेका अनुसार कम्पनीले ह्वाइट मुन ब्राण्डको सेनटरी प्याड, टुलिप्स ब्राण्डको एडल्ट डाइपर, बेबी मम ब्राण्डको डाइपर, जेली, सु–कभर (जुत्ता राख्ने कभर), हेयर क्याप (टाउको छोप्ने कभर) र मास्क लगायतका सेनिटरी सामग्री उत्पादन गर्दै आएको छ ।
कम्पनीले ‘सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ आफ्ना उत्पादन विराट एक्स्पोमार्फत छुटसहितको सुपथ मुल्यमा विक्री गर्दै आएको जनाइएको छ ।
जस अन्तरगत तीन पिस सेनिटरी प्याडको खरिदमा एउटा सित्तैमा दिईंदै आएको न्यौपानेले बताए । डाइपर, जेली, बेबी वाइपमा २५ प्रतिशत छुट दिंदै आएको बताए ।
एक्स्पोको स्टल नम्बर ८ र ९ मा विराट हेल्थकेयर अन्तरगत उत्पादित सेनिटरी सामग्री प्रदर्शन र विक्री वितरणका लागि राखिएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ रहेको उद्योगबाट कम्पनीले गुणस्तरीय सेनिटरी सामग्री उत्पादन गर्दै आएको जनाइएको छ । साथै, बच्चाहरूका लागि प्रिमियम डाइपर समेत बिक्री वितरण भइरहेको जनाइएको छ ।
एक्स्पोमा ग्राहकको प्रतिक्रिया समेत सन्तोषजनक रूपमा प्राप्त भइरहेको कम्पनीको भनाइ छ ।
View : 172
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved