विराटनगर । युरोपेली बजारमा नम्बर १ स्थान कायम गरिसकेको प्रीमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा एक विशिष्ट ग्राहक अभियान सुरूवात गरेको छ ।
डिजाइन्ड फरहोम. क्राउन्ड विद क्रिकेट शीर्षकको सो अभियानले बेकोको विश्वस्तरीय गुणस्तर र डिजाइनलाई नेपालीहरूको क्रिकेटप्रतिको अगाध लगावसँग जोड्दै, एउटा अद्वितीय र अनुपम अनुभवको प्रस्ताव गरेको छ ।
अभियानको मुख्य आकर्षण आइसीसीटी–२०विश्वकप–२०२६अन्तर्गत नेपालको खेल मुम्बईको वानखेड रङ्गशालामा प्रत्यक्ष हेर्न पाउने र पाँचदिने मुम्बई यात्राको सुनौलो अवसर हो ।
बेकोले आफ्नो युरोपेली सुन्दरता र दक्षतालाई नेपाली जीवन शैलीसँग एकीकृत गर्दै प्रीमियम अवसर प्रस्तुत गरेको छ ।
भाग्यशाली विजेतालाई मुम्बईको पाँचदिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गरिने छ । यस यात्राको सबैभन्दा उत्कृष्ट क्षण वानखेडे रंगशालामा विश्वकपको रोमाञ्चकारी माहोलमा नेपाली टोलीको प्रदर्शन हेर्ने अवसर हो ।
सो अभियानमा सहभागी हुन बेकोको कुनै पनि उत्पादन खरिद गरेपछि एसएमएस पठाउनु पर्नेछ । बेको स्पेश वारेन्टी कार्ड नं. स्पेस अनि उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस र ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्नेछ ।
अभियान अवधिमा बेको उत्पादन खरिद गर्दा ग्राहकहरूले विशेष उपहार पनि प्राप्त गर्ने जनाइएको छ ।
नेपालमा बेकोका सम्पूर्ण प्रीमियम उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत मात्र उपलब्ध छन् ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved