Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

८२ वर्षीय देवकिशन मुन्दडा बने यो बर्षको महामुर्ख (फोटो)

उद्‌घोष सम्वाददाता
२९ फागुन २०८१, बिहिवार

विराटनगर । विराटनगरका मारवाडी समुदायमा होली पर्वको केही दिनअघि आफ्नो समुदायका एक ब्रुजुक व्यक्तिलाई महामुर्ख घोषणा गर्ने प्रचलन केही वर्षदेखि चल्दै आएको छ । यो वर्ष उक्त समुदायका ८२ वर्षीय देवकिशन मुन्दडा महामुर्ख भएका छन् ।

विराटनगरको मेनरोडस्थित जैनभवनमा मंगलबार साँझ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा मुन्दडालाई महामुर्खको ताज पहिराउन आयोजकले सोही समुदायका केही अगुवाहरूलाई बोलाए । बोलाइएकाहरू सबै विराटनगरका पूर्वमहामुर्खहरू थिए । 

त्यसपछि कार्यक्रम सञ्चालक मोहित लालवानीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि बोलाए । यसरी मञ्चमा बोलाइएकामा धेरै महामुर्ख थिए भने बा“की एक जना मुख्यमन्त्री थिए ।

विराटनगरका मारवाडी समुदायमा हरेक वर्ष होलीका अवसरमा केही मुर्खहरू महामुर्खको खोजी गरिन्छ । जसलाई एउटा विशेष कार्यक्रममा महामुर्खको पदले सुशोभन गरिन्छ । यो पद मारवाडी समुदायमा विशेष प्रतिष्ठाको रुपमा लिने गरिन्छ ।

मारवाडी युवा मञ्च विराटनगरले होली पर्वको अवसरमा विराटनगरमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अवसरमा एकजना विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा रहेको छ ।

कार्यक्रममा नेकपा एमालेका नेता एवं उद्योगी मोतीलाल दुगड, संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा, उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योगी महेश जाजु लगायत अग्रज उद्योगी व्यवसायीहरू कार्यक्रममा सहभागी भएका थिए । 

View : 249

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved