Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेतृ हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

उद्घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

ढाका, २३ साउन । बङ्गलादेशको वर्तमान  राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन् ।

बङ्लादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन् भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका छन् । 

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बनेकी थिइन् । 

यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता अर्थशास्त्री डाक्टर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् । रासस

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved