Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

कथाकार परशु प्रधानको निधन

उद्घोष सम्वाददाता
६ चैत २०८०, मङ्गलवार

काठमाडौँ, ६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिए ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । 

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । 

उनका  ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

View : 75

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved