झापा, ३० साउन । झापा र सुनसरीको २ छुट्टा छुटै स्थानहरुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
हिजो साँझ साढे ५ बजे झापाको हल्दिबारी गाउँपालिका-४ का ३३ बर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी B&C अस्पताल बिर्तामोड लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
यसैगरी हिजो राती साढे ८ बजे सुनसरीको हरिनगर गाउँपालिका-२ का ६० बर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पुर्याउनासथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved