Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो २०२५ स्टल भिजिट

नेपाल टेलिकमले दिइरहेको छ ब्यालेन्ससहितको सिम सित्तैमा

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

Advertisement

विराटनगर । नेपाल टेलिकमले विराट ट्रेड एक्स्पोमार्फत सित्तैमा सिम उपलब्ध गराउँदै आएको छ । टेलिकमको प्रिपेड सिम आवश्यक पर्ने ग्राहकलाई १० रूपैयाँ ब्यालेन्स, ४० मिनेट टक टाइम र २० वटा एसएमएस पठाउन सकिने सिम निशुल्क वितरण गर्दै आएको हो ।

स्टल नम्बर १२ मा नेपाल टेलिकमको स्टल रहेको छ ।

स्टलबाट सित्तैमा सिम लिन पाउने सुविधासहित नेपाल टेलिकमको निशुल्क ल्याण्डलाइन पाइने ‘एनटी फाइबर’ इन्टरनेटदेखि इसिम, सियूजी लगायतका सुविधाबारे जानकारी दिइँदै आएको नेपाल टेलिकम कोशी प्रादेशिक निर्देशनालयकी व्यापार अधिकृत रेनुका कोइरालाले जानकारी दिइन् ।

‘हामीले मुख्य रूपमा निशुल्क सिम वितरण गरिरहेका छौं, एनटीसीको सिम आवश्यक पर्ने ग्राहकले एउटा फोटो र नागरिकताको प्रतिलिपि बुझाएर यस्तो सिम लिन सक्नुहुन्छ’ कोइरालाले भनिन्, ‘यसबाहेक टेलिकमले दिने सवै प्रकारका सुविधाबारे जानकारी दिने, गुनासो सुन्ने र समाधान गर्ने काम पनि गरिरहेका छौं ।’

उनले एक्स्पोभरी टेलिकमले सिम आवश्यक पर्ने ग्राहकलाई सहजै सिम उपलब्ध गराउने लगायतका अन्य सुविधा पनि दिने जानकारी दिइन् ।

सिम आवश्यक पर्ने ग्राहकलाई नागरिकता भएमा स्टलमै फोटोकपी गर्ने सुविधा पनि रहेको बताइन् ।

View : 654

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved