Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

अन्तर्राष्ट्रिय द भर्चुल ब्याटलका विजेतालाई सम्मान

उद्घोष सम्वाददाता
२३ असार २०८१, आइतवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस्को पहिलो संस्करणमा प्रथम भएको विराटनगरको चर्चित सर्कल अफ फिˆथस् नेपाल रक ब्याण्डलाई सम्मान गरेको छ  ।  

अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर नागेश कोइरालाले सम्मान गरेका हुन् । पहिलोपटक भएको प्रतियोगितामा सर्कल अफ फिˆथस् नेपाल रक ब्याण्डलाई महानगरको लोगो अंकित खादा लगाएर सम्मान गरेका थिए ।

प्रतियोगितामा ७२ वटा ब्याण्डको सहभागिता रहेको सर्कलका सुशील केसीले जानकारी दिए । नेपालसहित विभिन्न देशका ७२ वटा ब्याण्डलाई पछि पार्दै विराटनगरको सर्कल अफ फिˆथस् नेपाल रक ब्याण्ड पहिलो भएको हो ।

ब्याण्डका तर्फबाट प्रयुष कोइराला, राहुल भट्टराई, रिदम रक रेग्मी, इन्द्रजित केडी,  सुबोध उप्रेती, कविस भट्टराईले सहभागिता जनाएका थिए । 

View : 141

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved