Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

६ वटा विद्यालयमा उपभोक्ता शिक्षा

उद्‌घोष संवाददाता
२० पुष २०८२, आइतवार

विराटनगर । झापा र मोरङका ६ वटा विद्यालयका विद्यार्थीहरूलाई उपभोक्ता शिक्षासम्बन्धि अभिमुखीकरण गरिएको छ । 

उपभोक्ता जागरण अभियान नेपालले सुरु गरेको ‘जागरुक उपभोक्ता, जिम्मेवार विक्रेता’ भन्ने नाराका साथ झापाको चन्द्रगढीस्थित वीरेन्द्र मावि र इष्ट होइराजन इंग्लिस बोर्डिङ स्कुलमा उपभोक्ता शिक्षा कार्यक्रम गरिएको हो ।

त्यसैगरी मोरङको विराटनगरस्थित गोग्राहा मावि, राधाकृष्ण भूपालमानसिंह मावि, सत्यनारायण मावि र सार्वजनिक माविमा विद्यालयहरूसहित अभिभावक, शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले जानकारी दिए ।

उनले ६ वटा विद्यालयका गरिएको कार्यक्रमका ४८० जनाले उपभोक्ता शिक्षाबारे जानकारी पाएको बताए । 

कार्यक्रममा हरेक उपभोक्ताले वस्तु तथा सेवा खरिदपछि बील प्राप्त गर्ने अधिकार भएकोले बिक्रेताबाट बील दिनुपर्ने जिम्मेवारीबारे जानकारी गराइएको अध्यक्ष भण्डारीले बताए ।

झापाको चन्द्रगढीस्थित वीरेन्द्र मावि र भद्रपुरको इस्ट पोइन्ट इङ्लिस स्कुलमा विद्यालय स्तरीय उपभोक्ता शिक्षा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । उपभोक्ता जागरण अभियान नेपालले गाउँ शहरमा जागरुक उपभोक्ता जिम्मेवार बिक्रेता नारा लिएर उपभोक्ता शिक्षा मार्फत उपभोक्तालाई सचेत गराउँदै आएको संस्थाका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

उक्त अवसरमा सहभागीहरुलाई उपभोक्ता जागरणसम्बन्धि जानकारीमूलक पर्चा समेत वितरण गरिएको अध्यक्ष मार्सेलीले बताए ।

 

View : 144

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved