विराटनगर । विराटनगरका दुई महत्वपूर्ण क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सभापति जितेको छ ।
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरको डिग्री क्याम्पस र विराटनगर नर्सिङ क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले जितेको हो ।
डिग्री क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रीतम साह निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुबाट एउटा सदस्यमा श्रुति घिमिरे निर्वाचित भएकी छन् ।
त्यस्तै विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
नर्सिङ क्याम्पसको सचिवमा कांग्रेस निकट नेविसंघका सम्मान ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुकी कृतिका कटुवाल निर्वाचित भएकी हुन् ।
मोरङका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । जसमध्ये उर्लाबारी र पथरी बहुमुखी क्याम्पसमा मात्रै सर्वसम्मत भएको जनाइएको छ ।
मोरङमा त्रिभुवन विश्वविद्यालयका ३ वटा आंगिक र ५ वटा सामुदायिक क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन भएको थियो ।
बेलबारी क्याम्पसमा भने चैत ९ गते निर्वाचन हुने जनाइएको छ ।
View : 514
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved