Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

तीन दिवसीय ध्यान शिविर

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

विराटनगर । विराटनगर–१० तीनटोलियास्थित गणेश पुस्तकालय तथा वाचनालयमा तीनदिने ध्यान शिविर सम्पन्न भएको छ । नव वर्ष २०८२ को अवसरमा गरिएको शिविर बुधबार समापन भएको हो ।

शिविरमा सहभागीलाई योग प्रशिक्षक राजुचन्द्र दाहालले विपश्यना ध्यान तथा योगका विभिन्न क्रियाकलाप गराएका थिए । 

सो अवसरमा पतञ्जली योग समितिका योग प्रशिक्षक सन्तोष दाहाल, जीवनयोग प्रयोगशालाकी प्रशिक्षकद्वय हेम कार्की र रिता बराल कार्कीले सहजीकरण गरेका थिए ।

शिविरमा स्नातकोत्तर क्याम्पसका पूर्व प्रमुख डा हरिहर भण्डारी, नेपाल शिक्षक संघ मोरङका पूर्व अध्यक्ष तारानाथ भट्टराई, वाचानालयका अध्यक्ष इश्वरीप्रसाद  नेपाल लगायतको सहभागिता थियो ।

यसैगरी वाचनालयमा बिहीबारदेखि दैनिक विहान पौने ५ बजेदेखि डेढ घण्टा योग, ध्यान तथा शारीरिक अभ्यासका कार्यक्रम गरिने जनाइएको छ । 

सोका लागि जीवनयोग प्रयोगशालाकी प्रशिक्षक रिता बराल कार्की र पतञ्जली योग समितिकी प्रशिक्षक विन्दा पोखरेलले आलोपालो प्रशिक्षण दिने छन् ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved