Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एमबीबीएसमा नाम निकाल्ने ११ जना विद्यार्थीलाई अरनिकोले गर्यो सम्मान

उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

विराटनगर । विराटनगरस्थित अरनिको कलेजले एमबीबीएसको प्रवेश परीक्षा र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । 

अरनिकोमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छन् ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने नितेश कुमार श्रेष्ठलाई कलेजले सम्मान गरेको छ ।

त्यसैगरी कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ । 

कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा प्रथम हुने मञ्जिला ओझा, द्वितीय प्राञ्जल नेपाल र तृतीय सुजन राजवंशी रहेका छन् । 

त्यसैगरी कक्षा ११ तर्फ प्रथम नितिशकुमार गुप्ता, श्रेयन खड्का, द्वितीय विवेक गुप्ता र तृतीय प्रिन्सप्रशान्त साह भए । उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाए । 

कार्यक्रममा बोल्दै एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्ने सुशान्त दाहालले लगनशील भएर अध्ययन गर्दा सफलता मिलेको र यसको श्रेय कलेजलाई जाने बताए ।

कलेजका प्रिन्सिपल राजेश कार्कीले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरूले प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल भएको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कोअर्डिनेटर विकास खनाल, सञ्चालकहरू भरतराज दाहाल, डा. भविन्द्र निरौला, सैलेशकुमार झा र निलम अधिकारीले विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

View : 135

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved