सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा आयोजनाको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो ।
आयोजनाले हालसम्म ९ हजार भन्दाबढी खानेपानी धारा मार्फत ४० हजारभन्दा बढी नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।
सभाले सेवा सुधार, पारदर्शिता र आयोजनाको दिगोपनामा विशेष जोड दिंदै आगामी वर्षका प्राथमिकता क्षेत्रहरू तय गरेको छ ।
समितिका अध्यक्ष नवराज चपागाईंका अनुसार सभाले विभिन्न महत्वपूर्ण एजेण्डाहरू पारित गरेको छ ।
View : 159
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved