सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता प्रत्यायनन (क्यूएए) प्राप्त क्याम्पसका रूपमा परिचित विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टोलीलाई नगदसहित सम्मान गरेको हो ।
क्याम्पस प्रमुख अर्जुराज अधिकारीका अनुसार २०८२ माघ १६ गतेदेखि सञ्चालन गरिएको वार्षिक खेलकुद कार्यक्रममा सहभागी भई उत्कृष्टता हासिल गर्ने २३० जना विद्यार्थीलाई प्रमाणपत्र, पदक तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रम अन्तर्गत फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, सटपुट तथा छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । साथै पाँच विधामा दौड प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।
विभिन्न खेलमा विजयी टोली तथा खेलाडीलाई नगदसहित कुल १ लाख १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको क्याम्पसले जनाएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले खेलकुदमार्फत विद्यार्थीले क्याम्पस मात्र नभई देशकै उत्कृष्ट खेलाडी बन्न सक्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियनका सभापति एलिस ओझाले विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक जनार्दन गुरागाईंको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
View : 105
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved