Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नरेश श्रेष्ठ मेमोरियल यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

अन्तिम खेलमा मधेश र कर्णाली विजयी, पहिलो हार व्यहोरेको लुम्बिनी र सूदुरपश्चिमबीचको फाइनल बुधबार

उद्घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणका सवै खेल सकिँदा फाइनलका लागि लुम्बिनी र सुदूरपश्चिमले भेट निश्चित गरेका छन् । उनीहरूबीच फाइनल खेल बुधबार हुँदैछ ।

लिगका ६ खेल मध्ये मंगलबारको अन्तिम खेलमा भने पहिलो पटक मधेश प्रदेशसँग लुम्बिनीले पराजय व्यहोरेको छ । त्यस्तै अर्को खेलमा कर्णाली प्रदेशले बागमतीलाई हराएको छ ।

प्रतियोगिता अन्तरगत विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० दशमलव ५ बलमा सवै विकेट गुमाउँदै ७५ रनमा समेटिएको थियो । 

कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल बिष्टले १५ रनको योगदान दिए । बागमतीका दिनेश बिष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र खर्चिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिएका थिए ।

७६ रनको लक्ष्य पाएको बागमतीले १८ दशमलव ३ बलमा अलआउट बन्यो । बागमती ५५ रनमै समेटियो । रोशन विश्वकर्माले १३ रन नै बागमतीका लागि सर्वाधिक स्कोर बन्यो । त्यस्तै उत्तम मगरले १० रनको योगदान दिए । 

कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिए ।

त्यसैगरी बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको अर्को रोमाञ्चक खेलमा मधेशले लुम्बिनी विरुद्ध १ विकेटको सनसनी जित निकालेको छ । लुम्बिनी यसअघिका पाँच खेलको अविजित हो । तर मंगलबार भने पहिलो पटक हार चाखेको हो । 

टस जितेर ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७० रनको योगफल बनाउँदै अलआउट बन्यो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटर दोहोरो अंकका लागि चल्न सकेनन् । मधेशका प्लेयर अफ द म्याच अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।

७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेश कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved