Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

३३ विपन्न दलित बालबालिकालाई शान्ति समाजको छात्रावृत्ति

उद्‌घोष संवाददाता
३० चैत २०८१, शनिवार

विराटनगर । ‘छोरी पढाऔ : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तगर्त ३३ जना विपन्न दलित समुदायका बालिकालाई चौथो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।

मोरङको कटहरी गाउँपालिका, थलाहास्थित  जनता माविका २६ जना र धनपालथान गाउँपालिका दादरवैरियाको सरस्वती माविका सात जना गरी कक्षा ८ मा अध्ययनरत ३३ जना बालिकालाई विसं २०८१ को (चौथो वर्ष ) को छात्रवृत्तिवापत  प्रति विद्यार्थी  १२ हजार रकम  प्रदान गरिएको  हो ।

थलाहमा आयोजित शान्ति समाज मोरङ शाखाका सभापति प्राडा जीवन ढकालको सभापतित्वमा सम्पन्न सो  कार्यक्रममा शान्ति समाजका सभापति रेनुका पौडेल, महासचिव प्रकाश शाही, जनता मावि थलाहाका सञ्चालक समिति अध्यक्ष मोहनलाल विश्वास, विद्यालयका प्रधानाध्यापक सुनिल राई, वडाध्यक्ष मनोजकुमार माझी, छात्रवृत्ति प्राप्त गर्ने बालिका आशिकाकुमारी सरदार लगायत वक्ताहरुले शान्ति समाजद्वारा सञ्चालित बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, उपसभापति लक्ष्मीनारायण मिश्र, कोशी प्रदेश सचिव सन्तोष रौनियार, केन्द्रीय सदस्यहरु नम्रता खरेल, शाखाका पूर्व सभापति भेषराज पोखरेलका साथै सीताराम कोइराला र शम्भु राउत तथा छात्रवृत्ति पाउने विद्यार्थीका अभिभावकहरुको सहभागिता थियो ।

२०७८ सालबाट प्रारम्भ भएको पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुले चार जना, रामप्रसाद जोशीले दुई जना, अपूर्वा शर्माले दुई जना र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गरेका थिए ।

यसैगरी अधिकारकर्मीहरु रामकृष्ण बराल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, गोविन्द खनाल, कृष्णबहादुर रावल, किरण ढकाल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, शैलैन्द्र शिवाकोटी, सीताराम चौलागाईं र लक्ष्मी बरालले चौथो वर्षको यो छात्रवृत्ति अभियानका लागि सहयोग गरेका हुन् ।

View : 489

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved