Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एमबीएस एक्स्पो २०२३: अर्गानिक प्रवर्द्धनमा ‘अर्गानिक घर’

उद्घोष सम्वाददाता
९ पुष २०८०, सोमवार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पोको स्टल नम्बर ‘एन–८२’ मा अलग पहिचान बोकेर अर्गानिक घरका सञ्चालक अभिषेक गौतम उभिएका छन् ।

विराटनगरमा उनले कृषि उत्पादनसँग सम्बन्धित अर्गानिक खाद्यवस्तुको बिक्रीमा पहिचान बनाइसकेका छन् । मुख्य बजारसहित कञ्चनबारीमा पनि आउटलेट चलाइरहेका गौतम यस एक्स्पोमा अर्गानिक वस्तुको प्रवर्द्धनमा बढी जोड दिइरहेका छन् ।

उनले किसानले उत्पादन गरेका अर्गानिक वस्तुको खरिद गरिदिने र त्यसको प्रयोगमा उपभोक्तालाई सचेत गराउँदै आएका छन् । एक्स्पोमा गौतमले ५० वटा बढी अर्गानिक उत्पादन समेटेर स्टलमा राखेका छन् । तर उनी ती खाद्यवस्तुको बिक्रीमा भन्दा महत्व बुझाउनमा बढी केन्द्रित छन् ।

‘किसानहरूले धेरै दुःख कष्टका साथ उत्पादन गरेका खाद्यवस्तुले बजार पाएका छैनन्’ गौतमले भने, ‘यो एक्स्पोमा बिक्री वितरणको लक्ष धेरै नभए पनि आफ्नोतर्फ अर्गानिक वस्तुको प्रयोग र प्रवर्द्धनमा जोड दिइरहेको छु, किसानलाई मौका दिइरहेको छु, यो ठाउँलाई उत्पादन प्रवर्द्धनका लागि केन्द्रित गरेको छु ।’

उनले एक्स्पोमा कृषि उत्पादनलाई पनि ठुला औद्योगिक उत्पादनजस्तै ठानेर स्टलहरूको मूल्य तोकिएको प्रति असन्तुष्टि जनाए । कृषि उत्पादनको प्रर्वद्धनको नारालाई कार्यान्वयन गर्न स्टलमा पनि सहुलियत दिइनुपर्ने सुझाव दिए ।

आफूले १४ वटै जिल्लाका कृषि उत्पादनलाई बजारको अवसरमात्रै प्रदान गरेको दाबी गरे । अर्गानिक घरका स्टलमा उनले दलहनदेखि घिउ, मह र अनेकौं प्रकारका फलफूलहरू पनि राखेका छन् । उनले भने, ‘स्वास्थ्यको लागि जे मुल्यवान छन्, ती खाद्य उत्पादनहरू यहाँ छन्, देशमै केही गरौं भनेर प्रयास गरिरहेका छौं ।’

View : 149

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved