Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा महिला पतञ्जली योगको सक्रियता

२० महिला योग शिक्षक दीक्षित

उद्‌घोष संवाददाता
१८ साउन २०८२, आइतवार

विराटनगर। महिला पतञ्जली योग महानगर समिति, विराटनगरले आयोजना गरेको दुई हप्ते सह-योग शिक्षक प्रशिक्षण शिविरबाट २० जना महिला योग शिक्षक दीक्षित भएका छन्। साउन महिनाको पहिलो र दोस्रो हप्ता परोपकार भवनमा सम्पन्न भएको यस शिविरले योग प्रशिक्षकहरू तयार पार्ने उद्देश्य लिएको थियो।


 

नयाँ योग शिक्षिकाहरूलाई शुभकामना : प्रशिक्षण शिविरको समापन समारोहमा विराटनगर-३ का वडाध्यक्ष वासुबहादुर बस्नेतले नयाँ योग शिक्षिकाहरूलाई दीक्षित गर्नुभयो। कार्यक्रममा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवाल, महामन्त्री ऋषि खतिवडा, महिला पतञ्जली योग महानगर समितिकी अध्यक्ष कुमारी तामाङ लगायतका अतिथिहरूले योगको महत्त्वमाथि प्रकाश पार्दै दीक्षित भएका सबैलाई शुभकामना दिएका थिए।

सो शिविरबाट दीक्षित हुने महिलाहरूमा सरस्वती चौहान, गीता कटवाल गेलाल, भगवती थापा, इन्दिरा काफ्ले ढकाल, दीपा कार्की बरुवाल, दुर्गादेवी गौतम, ज्ञानुकुमारी चौधरी, सिर्जना कार्की, दुर्गादेवी उपाध्याय भट्टराई, अप्सरा प्रसाईं भण्डारी, सुभद्राकुमारी भट्टराई, सिर्जना पौडेल सापकोटा, मन्दिरा घिमिरे, प्रियन्का खड्का, ज्योती खरेल, सुष्मिता भट्टराईं, तुलसाकुमारी निरौला, देवीमाया शिवाकोटी, मन क्षेत्री र गीता काफ्ले सुवेदी रहेका छन्।


 

पतञ्जली समितिका गतिविधिहरू : महिला पतञ्जली योग महानगर समिति, विराटनगरले यस प्रशिक्षण शिविरअघि दुई हप्ते 'रोग विशेष योग शिविर' पनि आयोजना गरेको थियो। उक्त शिविरमा ढाड, कम्मर, मेरुदण्ड र स्नायु प्रणालीसम्बन्धी रोगहरूको उपचारमा केन्द्रित योग अभ्यास गराइएको थियो।

समितिका अध्यक्ष तामाङका अनुसार, संस्था गठन भएदेखि हालसम्म दुईवटा योग शिक्षक प्रशिक्षण शिविरसहित कुल ६ वटा शिविर सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यी कार्यक्रमहरूले योगको महत्त्वबारे जनचेतना जगाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिरहेका छन्।

View : 876

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved