विराटनगर : विराटनगर–३ बुद्धचोकस्थित बुद्धोदय बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिसमेत सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा खनाल र लेखा संयोजकमा निधि पुनःचयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा सन्तोष वराल र कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी समितिको सदस्यहरूमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन तालिकाको समयमा कोषाध्यक्ष वाहेकका सबै पदमा एक–एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनीहरू सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो ।
तर, कोषाध्यक्षमा भने खतिवडा र मदनकुमार पुडासाईं गरि दुई जनाको उम्मेद्वारी परेपछि निर्वाचन समिति बीच गोलाप्रथाबाट विजयी टुंगो लगाउने सहमति भएको थियो । जसमा खतिवडा विजयी हुन सफल भएको निर्वाचन समितिका संयोजक दाहालले जानकारी दिए ।
त्यसैगरी लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् । संस्थाको साधारणसभा मंसिर १८ गते सोमबार आफ्नै भवनमा हुँदैछ ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved