विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिकाभित्रका व्यवसायीहरूलाई करको दायरामा ल्याउन र राजस्व सचेतना जगाउन ‘करदाता शिक्षा कार्यक्रम’ सुरु गरेको छ ।
पालिकाले वडा नम्बर १ बाट सो अभियानको औपचारिक सुरुवात गरेको हो ।
पकली टेक्नोलोजी इन्स्टिच्युट प्रालि इटहरीको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरेका हुन् ।
कार्यक्रममा वडाभरिका ५१ जना साना तथा ठूला व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले कर संकलन न्यून हु“दा पालिकाको समग्र विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने बताए ।
उनले भने, ‘व्यवसायीहरूले तिरेको कर अन्ततः जनताकै हित र विकास निर्माणमा खर्च हुने हो ।
त्यसैले दर्ता नभएका व्यवसायहरूलाई अविलम्ब दर्ता गरी समयमै कर तिरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न म आग्रह गर्दछु ।’
कार्यक्रममा कर सहजकर्ता केवलमणि रिजालले सहभागीहरूलाई कर प्रणाली, यसका प्रक्रिया र कानुनी प्रावधानबारे जानकारी गराएका थिए ।
पालिकाले आफ्ना सातै वडामा यो शिक्षा कार्यक्रम पालैपालो सञ्चालन गर्ने जनाएको छ ।
कटहरी गाउँपालिकाको राजस्व शाखाका प्रमुख रोशन पाण्डेका अनुसार गत आर्थिक वर्षमा पालिकाले आन्तरिक आयतर्फ कूल ३ करोड ५८ लाख ५९ हजार ९ सय ६१ रुपैयाँ कर संकलन गरेको थियो ।
आगामी दिनमा करदाता शिक्षाको माध्यमबाट राजस्व वृद्धि गर्ने पालिकाको योजना छ ।
View : 144
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved