विराटनगर । विराटनगरको अर्किड स्कुलले कृष्ण जन्माष्टीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । स्कुल परिसरमा साना बालबालिका बीच ‘राधाकृष्ण’ प्रतियोगिताका साथै हण्डी फोरको आयोजना गरेको हो ।
‘राधाकृष्ण’ प्रतियोगिता मन्टेश्वरीदेखि १ कक्षासम्मका २ सयभन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।
प्रतियोगितामा उत्कृष्ट भेषभूषका साथै सजावटका आधारमा विजेता घोषित गरिएको थियो । सो प्रतिस्पर्धाको निर्णायकहरु नृत्यकर्मी दीपेन्द्र थापा र दीपेन्द्र श्रेष्ठको टोलीले विजेता छनोट गरेका थिए ।
प्रतियोगितामा कक्षा युकेजीको छात्रातर्फ जिज्ञासा कोइराला प्रथम, एलिसा चौधरी द्वितीय र आरुसी तृतीय भइन् भने छात्रतर्फ एभन कामत प्रथम, बिटु मण्डल द्वितीय र बबी कार्की तृतीय भए ।
कक्षा १ को छात्रातर्फ तुलसीकुमारी चौधरी प्रथम, हम्सिनी चौधरी द्वितीय र विशका यादव तृतीय भइन् । छात्रतर्फ रिसव कर्ण प्रथम, उज्जवल यादव द्वितीय र दर्शन गिरी तृतीय भए ।
त्यस्तै एलकेजीको छात्रातर्फ दिप्सा बास्कोटा प्रथम, आरुसी सिंह द्वितीय र अमाइरा बिक तृतीय भए । छात्रतर्फ एलिस यादव प्रथम, सियांश राना द्वितीय र केशव राय तृतीय भएका छन् ।
नर्सरीको छात्रातर्फ अनुसा मण्डल प्रथम, सिमोना राना द्वितीय र मनिषा साह तृतीय भइन् । छात्रतर्फ चार्बिक साह प्रथम, आरभ सिंह द्वितीय र श्रीयंस यादव तृतीय भए ।
विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल मनिष भट्टराई, डाइरेक्टर दिपेश बास्तोला, राजन दत्त, उमेश कार्की, ओम यादव, सहायक प्रिन्सिपल पीके कामत, कोेअर्डिनेटर राकेश साह, निर्णायकद्वय दीपेन्द्र थापा, दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
View : 433
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved