Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कानून निर्माण र कार्यान्वयनमा जोड

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

पथरी । मोरङको पथरी–शनिश्चरे नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा कोशी प्रदेश सभा एवं सचिवालयको वर्तमान संरचना र कार्यसम्पादनको अवस्था बारे प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली र स्थानीय कानून तर्जुमा कार्यमा सहजीकरण उपसचिव डिल्लीप्रसाद आचार्यले प्रकाश पारेका थिए ।

कार्यक्रममा पथरी–शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको ऐन, नियम, कार्यविधि तथा मापदण्डको विषयमो प्रस्तुति दिएका थिए । प्रस्तुतिका क्रममा राईले नगरबाट हालसम्म ५६ वटा ऐन, नियम, कार्यविधि पारित गरिएको जानकारी दिए ।

यसैगरी नगरपालिकाका विधान समिति संयोजक एवं वडा नं. २ का अध्यक्ष नैना राईले नीति, नियम, कार्यविधि निर्माणमा सहज/असहज र समस्याहरूका बारेमा कुरा राखेका थिए ।

यस्तै वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. १ का अध्यक्ष भीम राई, लेखा शाखाका गुणराज थापा, स्वास्थ्यका सिहेव अधिकृत एकराज खत्री, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाललगायतले कानून निर्माण र कार्यान्वयनमा समस्याहरूको विषयमा धारणा राखेका थिए ।

View : 61

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved