Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई ह्विप

उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्तिमार्फत फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् । 

प्रधानमन्त्री दाहालले फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

दाहालले कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गरिरहेका छन् । उनले सरकार पुनर्गठन गर्दै एमालेबाट मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन् । 

View : 155

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved