Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

पाँचौं मिल्स गोल्डकप : फ्युजन फुटबल क्लब सेमिफाइलनमा

उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

विराटनगर । पाँचौ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट सेमिफाइलनमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १–० गोलले हराउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो ।

जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले खेल सुरु भएको ६८ औं मिनेटमा गरेको निर्णायक गोल गर्दै टिमको जित सुनिश्चत गरेका थिए । 

यसअघि प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए ।

सोमबारको खेल घरेलु टिम पेमा स्पोटिङ क्लब विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

प्रतियोगितामा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ ।

View : 94

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved