Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अर्किड कलेजमा अभिमुखीकरण

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

विराटनगर । अर्किड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका ९ सय ६४ जना विद्यार्थीलाई एक समारोहबीच स्वागत गर्दै अभिमुखीकरण गरेको छ । 

बुधबार भएको कार्यक्रममा विज्ञान संकायमा ४ सय ४७ र व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा ५ सय १७ जना गरी जम्मा ९६४ जना विद्यार्थीलाई स्वागत गरिएको हो । 

कार्यक्रममा कलेजका प्राचार्य सीएम श्रेष्ठले नया भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै कलेजको लक्ष्य नै दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए । 

कार्यक्रममा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थी र कक्षा ११ मा पहिलो १० स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले आजको युग प्रविधि र प्रतिस्पर्धाको युग भएकाले शिक्षा प्रणाली पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने बताए । 

कलेजका अध्यक्ष अमित ढकालले अर्किड कलेजले विद्यार्थीको आवश्यकता बुझेको र उनीहरूको रूचिअनुसार गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरिरहेको उल्लेख गरे ।

View : 333

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved