विराटनगर । झापामा एक युवा आफ्नै कारमा आगजनी गरेर फरार भएका छन् ।
शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माले बिहीबार बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको आफ्नै कार मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको जंगलभित्र लगेर आगजनी गरेका हुन् ।
आगजनीबाट कार पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चार दिनदेखि कार लिएर बेपत्ता भएका शर्माले बिहीबार कारमा आगजनी गरेका हुन् । आगजनीपछि उनीको अवस्था अज्ञात रहेको जनाइएको छ । प्रहरीले कारमा लागेको आगो निभाएको छ ।
बिहीबार विहान करीव १० बजेतिर उनी कार लिएर जंगलतर्फ गएको स्थानीयले प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । रासस
View : 442
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved