Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

शिल्पी नाट्य केन्द्रमा ‘छुटेका सपना’ मञ्चन

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

सुन्दरहरैंचा । सुनदरहरैंचा नगरपालिका–८ सलकपुरस्थित शिल्पी नाट्य केन्द्रको विधिवत उद्घाटन गरिएको छ । 

नयाँ नाटक ‘छुटेका सपना’ को औपचारिक मञ्चनसँगै सो नाट्य केन्द्र सञ्चालनमा आएको हो ।  सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईं र परिकल्पनाकार तथा नाट्य निर्देशक घिमिरे युवराजले संयुक्त रूपमा मसाल बालेर नाटकको उद्घाटन गरेका थिए ।  

शिल्पी नाट्य केन्द्रले बनाएका सो ठाउँलाई अब भुल्के एम्पि थिएटरको रूपमा विकास गरेर कला र संस्कृतिको मन्दिरका रूपमा लगिने बताइएको छ । 

नाटकले समाजमा विद्यमान राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रका विकृतिलाई व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेको छ । भ्रष्टाचार, ढिलासुस्ती, बेथिति तथा गरिबीका कारण किसानले भोग्नुपरेको दुःखलाई कलाकारहरूले जीवन्त रूपमा मञ्चमा उतारेका थिए ।

सो नाटकमा संगीता उराव, सुशीला लोहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डीसी बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बीसी र उत्सव कार्कीलगायत कलाकारहरूको अभिनय गरेका थिए  । 

निर्देशक घिमिरेले नाट्य केन्द्रलाई आफ्नो सपनाको सुरूवातका रूपमा लिएको बताए । आफू जन्मेको ठाउँलाई नै राम्रो नाट्य गन्तव्य बनाउने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।

View : 442

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved