Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेको पार्टी कार्यालयमा माओवादीको घोषणा

‘सुहाङ नेम्बाङ बामपन्थीको साझा उम्मेदवार’

उद्घोष सम्वाददाता
२९ चैत २०८०, बिहिवार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङले नेकपा  एमालेकै पार्टी कार्यालयमा पुगेर इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई बामपन्थीहरुको साझा उम्मेदवार बनाउन सहमति गरेका छन् ।

बुधबार नेकपा एमाले कोशी प्रदेश कमिटीको कार्यालय पाञ्चालीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका नेम्बाङले एमालेका उम्मेदवार सुहाङलाई साझा उम्मेदवारका रुपमा अघि सारेर जिताउन अपिल समेत गरेका हुन् ।

माओवादी केन्द्रको इलाम जिल्ला इञ्चार्ज कुशल लिम्बूसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनमा रहेका बामपन्थी दलहरुको साझा उम्मेदवारका रुपमा उनलाई जिताउन आह्वान गरेका थिए ।

माओवादीका प्रदेश अध्यक्ष नेम्बाङले आउँदो वैशाख १५ गते हुने इलाम–२ मा हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा एमालेका तर्फबाट उमेदवार बनेका सुहाङ नेम्वाङलाई विजयी गराउन केन्द्रीयस्तरमा भएको सहमती कार्यान्वयन हुने बताए । त्यसको दुवै पार्टीको तर्फबाट कोशी प्रदेशस्तरमा सहमति समेत भएको जानकारी दिए ।

‘नेपालको राजनीतिलाई स्थायित्व दिंदै विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन केन्द्रमा भएको सहमतिलाई नयाँ शिराबाट अगाडि बढाउँदै जनतामा देखिएको निरासालाई चिर्न उपनिर्वाचन कोसेढुङ्गा सावित हुनेछ’ विज्ञप्तिमा भनिएको छ, ‘आम रूपमा युवाहरूको मागलाई सम्बोधन गर्दै चुनावी अभियान शुरू भइसकेको छ, यो परिप्रेक्षमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को आम कार्यकर्ता र शुभेच्छुक मतदातालाई एकीकृत भई चुनावी अभियानका साथै मतदानमा सहभागी हुन अपिल गर्दछौं ।’

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले उपनिर्वाचन हुने इलाम २ सँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई समेत आकर्षित गर्ने बिषयमा दुई दलबीच सहकार्य भएको जानकारी दिए । साथै जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसैमार्फत एमालेका उम्मेदवार सुहाङको पक्षमा अपिल जारी गर्ने क्रम सुरु भएको बताए ।

View : 340

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved