Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

संखुवासभामा सिसुवाखोला जलविद्युत् आयोजना बन्ने

उद्‌घोष संवाददाता
७ फागुन २०८२, बिहिवार

विराटनगर । संखुवासभामा प्रस्तावित १६.५ मेगावाट क्षमताको सिसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

जिल्लाको सिलीचोङ गाउँपालिका–१ मा हुँदै बग्ने सिसुवाखोलाबाट १६.५ मेगावाटको सिसुवा जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढेको हो ।

आयोजना निर्माण गर्न अहिले वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत कामहरु अघि बढिरहेका छन् । 

आवश्यक पूँजीको व्यवस्थापनमा निजी क्षेत्रका ऊर्जा प्रवर्धकहरू लागि परेका छन् । 

आयोजनामा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको मुख्य लगानी गर्दैछ । कम्पनीले आफ्नो अधिकृत पूँजीको ५१ प्रतिशत सेयर लगानी गर्ने निर्णय गरेको छ ।

हालै कम्पनीको १४ औं वार्षिक साधारणसभामा पनि सो आयोजना निर्माण गर्न लगानी गर्ने निर्णय गरेको भएको छ । आयोजनाको अधिकृत पूँजीको ५१ प्रतिशत लगानी गर्ने निर्णय भएको हो ।

‘संखुवासभामै १६.५ मेगावाटको सिसुवा जलविद्युत् आयोजना बनाउँदैछौं । त्यसमा माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनीले ५१ प्रतिशत लगानी गर्ने निर्णय गरिसकेको छ । अघिल्लो वार्षिक साधारणसभाले सो प्रस्ताव उपर निर्णय गरेको हो ’ प्रवद्र्धकले भने, ‘कम्पनीले आयोजना अघि बढाउन विद्युत् नियमन आयोगबाट राइट्स सेयर जारी गर्ने पूर्वस्वीकृति लिएपछि आयोजनाको काम अघि बढ्छ ।’

कम्पनीले १ः१ को रेसियोमा राइट्स शेयर जारी गर्ने प्रक्रियामा छ । विद्युत् नियमन आयोगबाट यसको पूर्वस्वीकृति आउने वित्तिकै आयोजना निर्माणको काम अघि बढ्ने उनको भनाइ छ । 

माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २०६८ सालमा ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्दै आइरहेको छ ।

कम्पनी नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भइ जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ ।

१६.५ मेगावाटको सिसुवाखोला जलविद्युत् आयोजना निर्माण गर्न ३ अर्बभन्दा बढी लगानी आवश्यक पर्ने कम्पनीको दाबी छ । 

बाँकी पूँजीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।

View : 96

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved