विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित नविल स्कुल फर सामाजिक उद्यमशीलता ‘एनएसएसई’ विषयक दोस्रो ब्याचको तीन महिने तालिम शनिबार सम्पन्न भएको छ । युवाहरुलाई विभिन्न उद्यम सञ्चालन गर्ने प्रेरणा प्रदान गर्दै सो तालिम सम्पन्न भएको हो ।
विराटनगरमा सम्पन्न तालिममा सहभागी युवाहरुलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने आत्मबल, उद्यमसीप र कला बढाउन नबिल बैंकले स्कुल फर सामाजिक उद्यमशीलता अभियानमार्फत तीन महिने तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक वेदप्रसाद संग्रौलाले बताए ।
समापन कार्यक्रममा विराटनगर महानगरपाकाकी उपप्रमुख शिल्पा निराला कार्कीले दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेको बेला उद्यमशीलता तालिम सञ्चालन गरेको भन्दै आयोजकलाई सराहना गरेकी थिइन् । उपप्रमुख कार्कीले युवाहरुलाई हरेक क्षेत्रमा रोजगारमुलक तालिम सञ्चालन गर्न नविल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्यम्पससँग सहकार्य गरेर महानगर अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।
बैंकले ३ महिने युवाहरुका लागि सामाजिक उतरदायित्व अन्तर्गत उद्यमशीलता तालिम सञ्चालन गरेको नविल बैंक कोशी प्रदेशका प्रमुख दीपककुमार श्रेष्ठले बताए । सो तालिम लिनेहरु बैंक र समाजको हितमा काम गर्न सफल युवा उद्यमीको रुपमा चिनाउन सकिने उनले दावीसमेत गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराम शर्माले क्रिविले अन्य विश्वविद्यालयका अतिरित्त राष्ट्रिय र अन्तर्राष्ट्रिय बैंकहरुसँग मिलेर समयसापेक्ष व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्दै युवालाई उद्यमशील बनाउन तालिम दिंदै आएको बताए ।
यसैक्रममा नबिल बैंकसँग सम्झौता गरी सातै प्रदेशमा ‘एनएसएसई’ तालिम सञ्चालन गर्दै आएको बताए ।
सो अवसरमा महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणलगायतले शुभकामना व्यक्त गरेका थिए । तालिममा मोरङका २५ जना प्रशिक्षार्थीहरु सहभागी थिए । शनिबार नै महेन्द्र मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा पुनः नविल स्कुल फर सामाजिक उद्यमशीलता विषयक तेस्रो ब्याचको तीन महिने तालिमको समेत उपप्रमुख कार्कर्लीे उद्घाटन गरेकी छन् ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved