Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

गोसाइँकुण्डमा डुबेर मोरङका दुई युवक वेपत्ता

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित नेपालकै महत्वपूर्ण तीर्थस्थल गोसाइँकुण्डमा मोरङका दुई युवक डुबेर वेपत्ता भएका छन् । 

आइतबार नुहाउनका लागि गोसाइँकुण्डमा पसेका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका मनोज न्यौपाने र विराटनगर घर भनिएका सुजन ढकाल डुबेर वेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका सुचना अधिकारी प्रहरी निरीक्षक सुन्दर चौलागाईँले घटनास्थलमा धुन्चेबाट प्रहरी परिचालन गरिएको जानकारी दिए । अहिले नेपाली सेनाको टोलीले खोजतलासको काम गरिरहेको बताए ।

आइतबार धुन्चेबाट गएको प्रहरी सोमबार ११ बजेतिरमात्रै गोसाइँकुण्ड पुग्ने प्रहरी निरीक्षक चौलागाईँले बताए ।

‘हाम्रो टोली पुगेको छैन, अहिले आर्मीमात्रै त्यहाँ पुगको छ’ उनले भने, ‘सवैभन्दा नजिक भनेको धुन्चे हो, धुन्चेबाट जान समय लाग्छ, अब एक घण्टामा प्रहरी पुगेपछि सवै कुरा आउँछ ।’ 

रसुवाबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन विशेष टोली समेत परिचालन गरिएको जनाइएको छ ।

View : 640

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved