विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायका प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि ‘कृत्रिम वौद्धिकता (एआई) र व्यावसायिक विश्लेषण सम्वन्धी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ ।
पूवि व्यस्थापन संकाय अन्तर्गतका आङ्गिक तथा पूर्वी क्षेत्रका सम्बन्धन प्राप्त कलेजहरुमा आबद्ध विषयगत प्राध्यापकहरू सहभागी कार्यक्रममा अन्तर्राष्टिय व्यावसायिक परामर्श संस्था स्वीजरल्याण्डकी स्रोत व्यक्ति मोनिका गार्सियाले सहजीकरण गरेकी थिइन् ।
पूवि व्यवस्थापन संकायको आयोजनामा व्यवस्थापन क्याम्पस (पूवि स्कूल अफ म्यानेजमेन्ट ‘पुसोम’) विराटनगरमा बिहीबार भएको सो कार्यक्रममा व्यस्थापन संकायका डिन डा संदेशदास श्रेष्ठ, पूर्व डिन प्राडा बिजुकुमार थपलिया, निर्देशक (क्याम्पस प्रमुख) प्रशान्तकुमार लाल लगायतले वर्तमान समय प्रविधिको युग भएको र प्राध्यापन क्षेत्रमा आवद्ध वर्गले क्षमता अभिवृद्धिका लागि एआई बारे बढी जानकार हुनुपर्ने वर्तमानको माग रहेको धारणा राखेका थिए । सो कार्यक्रमले सहभागीलाई कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स) तथा व्यावसाियक विश्लेषण सम्वन्धी चेतनाको विकास गराएको छ ।
View : 473
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved