बागमती, ३१ भदौ । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ ।
अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाइएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए।
होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो । प्रमुख श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी तीन लाख ९१ हजार क्षतिपूर्ति तिराइएको थियो ।
दुई क्विन्टल गाँजासहित दुई युवक पक्राउ प्रहरीले मकवानपुरको हेटौँडाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा२१च ५२२६ नम्बरको पिकअप भ्यानमा लुकाइछिपाइ लगिरहेको दुई क्विन्टल २३ किलो गाँजासहित धादिङको थाँक्रे गाउँपालिका–४ का ३४ वर्षीय चालक जीवन मगर र गाडीमा सवार सोही गाउँपालिका–६ का ३० वर्षीय प्रदीप क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । रासस
View : 195
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved