सुनसरी । जीवन विज्ञान योग प्रयोगशाला कोशी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीमा सात दिने ऊर्जा ध्यान योग शिविर सञ्चालन गरेको छ ।
प्रहरीहरूको दैनिक कार्य सम्पादनको समयमा हुने तनाव व्यवस्थापनका साथै स्वस्थ जीवनका लागि सातदिने ऊर्जा ध्यान शिविर आयोजना गरिएको जीवन विज्ञान कोशी प्रदेश संयोजक केदारमान कार्कीले बताए ।
ऊर्जा ध्यान शिविरले उच्चतम खुशी र न्यूनतम तनावको सन्तुलनमा राखेर तनावरहित जीवन जिउन सिकाउने इनरुवा नगरपालिकाकी जनप्रतिनिधिसमेत रहेकी योग प्रशिक्षक एवम् जीवन विज्ञान इनरुवा नगर संयोजक सविना सिग्देलले बताइन् ।
योग र ध्यानले व्यक्तिलाई जीवन र जगतको बोध गराउँदै खुशी भएर बाँच्न सिकाउने उनको भनाइ छ ।
सातदिने शिविरमा योग प्रशिक्षक सिग्देलसहित सुशीला मैया कार्की, राजन तिम्सिना, रोजिना तिम्सिना, तुलसा दाहाललगायतले प्रशिक्षण दिएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले ऊर्जा ध्यान शिविरको सफलताको कामना व्यक्त गरेका थिए ।
ऊर्जा ध्यान शिविरमा एसपी तिम्सिनासहित हरेक दिन ५० जना भन्दा बढीले सहभागिता जनाएका थिए ।
View : 94
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved