Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अदालतमा उपस्थित भइन् अञ्जला

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् । मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी छ । 

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालिन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । 

सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने वितिक्कै हाजिर भएकी हुन् । ‘उहाँ हाजिर हुनुभएको छ, अब थुनछेक बहस सुरु हुन्छ’, अदालत स्रोतले भन्यो ।

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved