Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सुन तस्करी प्रकरण माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

उद्‌घोष संवाददाता
२६ असोज २०८२, आइतवार

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादर महरा आइतबार पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको जनाएको छ ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ नम्बरको उडानबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप भेटिएको थियो ।

उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो ।

उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको अनुसन्धानमा क्रममा खुलेको जनाइएको छ । यो प्रकरणका उनका छोरा राहुल  महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।

पक्राउ परेको सुन भन्सारका नायव सुब्बा रेवन्त खड्का समेतको मिलेमतोमा बेचिएको पाइएको थियो ।

महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

View : 491

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved