लेटाङ । पुरक बजेट पारित गर्दै लेटाङ नगरपालिकाको १४ औं नगरसभा सोमबार सम्पन्न भएको छ ।
सभामा नगरप्रमुख भुपेन्द्रकुमार लावतीले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम अन्तरगत सम्पन्न भएका क्रियाकलापहरुबारे जानकारी गराएका थिए ।
उपप्रमुख कृष्णकुमारी निरौलाले पुरक बजेट प्रस्तुत गर्दै नेपाली अर्थतन्त्रमा आएको संकुचन, आयात निर्यातको असन्तुलन लगायतका कारणले राजश्व संकलनमा परेको नकारात्मक असरले नगरपालिकालाई समेत असर गरेको बताइन् ।
View : 340
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved