विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका– ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा रुखमा अड्कीएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार प्याराग्लाइडिङका क्रममा हावाको गतिमा आएको उतार चढावका कारण उनीहरु उड्दा उड्दै सालको रुखमा गएर अड्कीएका थिए ।
रुखमा अड्कीएका प्याराग्लाइडर कास्की जिल्लाको पोखरा महानगरपालिका– १८ सराङकोटका २९ वर्षीय प्याराग्लाइडिङ पाइलट रविन्द्र ढकाल र प्रशिक्षार्थी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत सोमबार रुखमा अड्कीएका थिए ।
उनीहरूको सशस्त्र प्रहरी बल नम्बर ५ गणको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा टोलीले डोरीको माध्यमबाट सकुशल ‘रोप रेस्क्यु’ गरेको जनाइएको छ ।
पछिल्लो वर्षदेखि उक्त स्थानमा व्यवसायिक रुपमा प्याराग्लाइडिङको अभ्यास र प्रशिक्षण हुँदै आएको छ । सोही क्रममा उनीहरु दुर्घटनामा परे पनि सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले बलले जनाएको छ ।
View : 4514
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved