विराटनगर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन् । प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको जनाइएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने व्यक्तिका रुपमा सिफारिस गरेको थियो ।
आयोगले उक्त प्रतिवेदन गत बिहीबार नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराविरुद्ध यसअघि मुद्दा नचलाएर उन्मुक्ति दिएको थियो ।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा सिआइबीले उनलाई कागज मात्रै गराएर छाडेको थियो । महराका छोरा राहुल महरा भने सोही सुन तस्करी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा बसिरहेका छन् ।
यसपटक भने सिआइबी नै महरालाई पक्राउ गरेको जनाइएको छ ।
View : 225
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved