सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–९ मा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको २५औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा आयोजित कार्यक्रममा रक्तदानसँगै हाजिरीजवाफ प्रतियोगितासमेत राखिएको संस्थाका व्यवस्थापक सुमन भट्टराईले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागार्इंले सहकारीले २५ वर्ष पूरा गरेको अवसरमा गरिएको यस्तो सामाजिक कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा स्वास्थ्य र समुदायमुखी कार्यक्रम निरन्तर अघि बढाउन संस्थालाई शुभकामना दिए ।
सोही अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगीतामा माविस्तरीय निजी तथा सामुदायिक गरी २२ विद्यालयको सहभागिता रहेको थियो ।
जसमा साजीलाल मावि प्रथम, सुकुना मावि दोस्रो, प्रभात किरण तेस्रो तथा लभ्ली एञ्जल सान्त्वना भएका थिए ।
संस्थाले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरेको आयोजक सहकारीका अध्यक्ष गोपालप्रसाद पौडेलले जानकारी दिए ।
View : 348
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved