सुन्दरहरैंचा । सुन्दरहरैंचामा बृहद् गजल महफिलको आठौं श्रृंखला सम्पन्न भएको छ ।
राइडर्स महफिलले आयोजना गरेको सो कार्यक्रममा सुनसरीका गजलकार रोमु अधिकारी, मोरङकी सृष्टि सावित्रा, झापाका कृष्ण कास्यपले १८ वटा सुन्दर गजल सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल रहेका थिए । उनले यो महफिल अद्भूत गज्जव भएकाले आफू धेरै प्रभावित भएको बताए । एउटा स्रष्टाका लागि यस्ता कार्यक्रमले धेरै महत्व राख्ने उल्लेख गरे ।
सो कार्यक्रममा झापाका स्रष्टा अभागी थेगुवालाई सम्मान समेत गरिएको थियो ।
बाल बगैंचा मन्टेश्वरी स्कुलमा भएको कार्यक्रममा विद्यार्थीहरूले पनि सुन्दर गायन प्रस्तुत गरेका थिए ।
राइडर्सका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको व्यवस्थापन यादव भट्टराईले गरेका थिए ।
View : 162
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved