Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पाँचथरमा रातिभरि भारी वर्षा, फेमे खोलाले बगायो फड्के

उद्घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पूर्वी पहाडी जिल्ला पाँचथरमा बाढी र पहिरोबाट थप क्षति भएको छ ।

गएराती परेको ठुलो पानीका कारण फेमे खोलामा बुधबार मात्रै बनाइएको बाँसको फड्के पुल बगाएको हो ।

असोज १२ गतेको बाढीले फिदिम-११ र १ जोड्ने फेमे खोलाको मोटेरेवल पुल बगाएको थियो । त्यहाँ आवतजावतका लागि स्थानीयको प्रयासमा फड्के बनाइएको थियो ।

भारी वर्षाका कारण ठाउँठाँउमा पहिरो जाँदा सडकहरू थप अवरुद्ध बनेका छन् । फिदिम-२ को रमिते भ्यू टावर नजिकै लेदो सहितको पहिरो खसेका कारण मेची राजमार्ग झन अवरुद्ध बनेको छ ।

पाँचथर प्रहरीका अनुसार गएरातीको भारी वर्षाले सदरमुकाम फिदिमसहित, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका ठाँउठाँउमा नयाँ पहिरो गएको छ ।

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको अनुमान गरेको छ ।

यसअघि असोज १२ गतेको बाढी र पहिरोमा परी पाँचथरमा मात्रै ८ जनाको मृत्यु भएको थियो । ३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सडक अवरोधका कारण स्थानीय प्रशासनले क्षतिको पूर्ण रुपमा विवरण संकलन गर्न समेत सकेको छैन ।

View : 91

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved