Biratnagar, Morang, Nepal
१९ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर–१२ मा केशलिया खोला पस्यो बस्तीमा, १४५ घर डुबानको जोखिममा

उद्‌घोष सम्वाददाता
१७ जेठ २०८२, शनिवार

विराटनगर । विराटनगर महानगरपालिका–१२ मा केशलिया खोला ओभरफ्लो भएर बस्तीमा पसेको छ । मनसुन भित्रिएसँगै उत्तरी क्षेत्रमा परेको अविरल बर्षाका कारण केशलिया खोलामा शनिबार रातीदेखि बाढी आएको हो ।

बाढीको पानी ओभरफ्लो भएर बस्तीमा पसेको विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनाएको छ ।

बाढीले केशलिया किनारको डिल कटान गरेर बस्तीतर्फ प्रवेश गरी कम्तिमा पनि १ सय ४५ घर परिवार डुबानबाट प्रत्यक्ष प्रभावित भएको नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।

कटान भएको स्थानमा अहिले बाँसको अस्थायी बेरा लगाएर बाढी रोक्ने प्रयास भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय मिलेर बाँध बनाउने काम भइरहेको जनाइएको छ ।

स्थानीयका अनुसार शनिबार विहान १० बजेपछि खोलामा पानीको सतह अचानक बढेको थियो ।

View : 616

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved