विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र मोरङ क्याम्पस विराटनगरको आयोजनामा अन्तर संकाय स्ववियु खेलकुद सप्ताहको फाइनल खेलहरु आइतबार भएको छ । पुस १६ गते सोमबारबाट सुरु भएको खेलका विभिन्न स्पर्धाहरुका अन्तिम खेल आइतबार भएका हुन् ।
आइतबार भएको छात्रतर्फको फुटबलको फाइनलमा बीबीएलाई एकका विरुद्ध २ गोल गरी बीबीएस विजयी भएको छ । यस्तै क्रिकेटमा बीएससी–सीएसआईटी विजयी भएको छ । फाइनलका लागि सो टोलीले बीएससीलाई ८५ रनको लक्ष्य दिएको थियो तर बीएससी एक रनले लक्ष्य पूरा गर्न नसकेको स्ववियु सचिव सनिम ठकुरीले बताए ।
यसैगरी भलिबलमा बीबीएसलाई बीएले पराजित गरेको छ भने डोरीतानमा बीएले बीबीएलाई पराजित गर्यो, कपर्दीमा बीएलाई बीबीएसले पराजित गरी उपाधि हात पारेको छ । यस्तै भलिबलमा बीबीएसलाई बीएडले पराजित गरी उपाधि हात पारेको छ ।
यस्तै छात्रातर्फ फाइनलमा कपर्दीमा बीएलाई बीएडले पराजित गरेको छ भने डोरीतानमा बीबीएलाई बीबीएसले पराजित गरेको छ । क्रिकेटमा बीएससी–सीएसआईटीलाई बीबीएले पराजित गरेको छ । फुटबलमा बीबीएलाई बीएडले पराजित गरेको छ ।
यस्तै छात्र व्याडमिन्टनमा बीएका आकाश कार्कीलाई पराजित गरी बीबीएसका जोन विजयी भएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरी अन्तर संकाय स्ववियु खेलकुद सप्ताह सुरु भएको थियो । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु खेलकुद १४ वर्षपछि आयोजना भएको स्ववियु सभापति जसवन्त पौडेलले जानकारी दिए ।
View : 201
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved