विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका एक हजार ६५ जना नयाँ विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बिच स्वागत तथा अभिमुखीकरण सम्पन्न गरेको छ ।
बुधबारदेखि शैक्षिक पठनपाठन सुरु गर्न लागेको कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक संरचना, नीतिनियम, अवसर र शिक्षण पद्धतिबारे जानकारी गराएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरण कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका ४०५, व्यवस्थापन संकायका ५१० र होटल व्यवस्थापन संकायमा १५० जना गरी कुल एक हजार ६५ जना नयाँ विद्यार्थीहरू सहभागी भएका थिए ।
\
इकाई प्रमुख गड्तौलाले लगातार मेहेनत गरे विद्यार्थीहरूको उच्च शिक्षाको सपना पूरा हुने बताए । एक पटक प्राप्त भएको जीपीए सँधैभरी काम नलाग्न पनि सक्ने भएकोले सँधै मेहेनतको खाँचो रहेको बताए ।
देशको असल र शीपयुक्त नागरिक उत्पादन गर्न विद्यालयको पनि उतिकै महत्वपूर्ण भूमिका हुने भएकोले आफैंसँग प्रतिष्पर्धा गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
कलेजका प्रिन्सिपल भुवन नेपालले २०७२ सालमा ६०१ जना विद्यार्थीको भर्ना लिएर सुरु भएको कलेज अहिले उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा स्थापित भएको दाबी गरे । कक्षा १२ मा हाल १०६४ जना विद्यार्थीहरू अध्ययनरत रहेकोले यसैलाई सफलताका रुपमा लिएर व्यवस्थापनको तर्फबाट मेहेनत गरिरहेको बताए ।
कान्तिपुरले आधारभूत तहदेखि नै अध्ययन अध्यापन गराउँदै आएकोले र यसै बर्ष एसईई परीक्षामा विद्यार्थी आयुषा कार्कीले ४ जीपीए ल्याउन सफल भएको प्रिन्सिपल नेपालले बताए ।
‘हामीले आधारभूत तहदेखि नै संस्कार र सीपयुक्त शिक्षा प्रदान गरेका छौं, त्यसैको परिणाम हरेक बर्ष स्कुल र कलेजतर्फ नजितामा अब्बलता प्रमाणित गर्दै आएका छौं’ प्रिन्सिपल नेपालले भने, ‘हामी पठनपाठनका अलवा खेलकुद जस्ता अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता प्रमाणित गरिसकेका छौं ।’
उनले हरेक तहका विद्यार्थीका लागि कान्तिपुर महत्वपूर्ण भएको भन्दै तीन सय जना विद्यार्थीले पुर्ण छात्रवृत्तिमा पढिरहेको दाबी गरे ।
सोही अवसरमा विभिन्न विद्यालयबाट उत्कृष्ट अंक ल्याएर कान्तिपुर कलेजलाई अध्ययनको गन्तव्य बनाउने जिल्लाका टपर, पालिका टपर १८ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको छ ।
कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कलेजले विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा आयुषा कार्कीसहित उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मानित गरिएको हो । त्यस्तै १६ बर्षदेखि कान्तिपुर स्कुल र कलेजको बस चलाएर रिटायर्ड बनेका चालक परशुराम लामालाई नगद ३१ हजार रुपैयाँसहित सम्मानित गरिएको जनाइएको छ ।
कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरी, होटल व्यवस्थापन संकायका निर्देशक धिजनबाबु काफ्ले लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा कलेजका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीहरूका लागि स्वागत स्वरुप सांस्कृतिक विविधता झल्काउने नृत्य र गीत संगीत प्रस्तुत गरेका थिए ।
View : 615
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved