विराटनगर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले विराटनगर–१९ मा निर्माण भैरहेको अरनिको आवास क्षेत्रको गत शुक्रबार निरीक्षण भ्रमण गरेका छन् ।
सामुहिक सहभागितामा सो ठाउँमा सुविधायुक्त आवास क्षेत्रको निर्माण भैरहेको छ । दश कठ्ठा क्षेत्रफलमा सामुदायिक भवन, गौशाला, नर्सरी, मन्दिर, खेलकुद क्षेत्रसहित सो ठाउँमा रहेको बाँकी साढे छ बिघा जग्गामा एक सय दुईवटा आवास भवनहरु विभिन्न व्यक्तिले निर्माण गर्न लागिरहेका छन् ।
सो ठाउँको निरीक्षणको क्रममा अरनिको सामुदायिक संस्थाका अध्यक्ष एवं वरिष्ठ समाजसेवी हरिभक्त सिटौलाले उपप्रधानमन्त्री सिंहको स्वागत गर्नुका साथै सो आवास क्षेत्रको बारेमा जानकारी गराएका थिए । समितिका तर्फबाट संघीय सरकारसँग पनि सहयोगको लागि आग्रह गरिएको छ ।
उपप्रधानमन्त्री सिंहले अरिनको आवास क्षेत्रभित्र श्रीखण्ड चन्दनको विरुवा पनि रोपेका छन् । सो अवसरमा उनले केही समय आवास क्षेत्रमा बसेर त्यहाँको जानकारी लिएका थिए । अरनिको आवास क्षेत्र सात विघा क्षेत्रफलमा निर्माण हुँदैछ ।
View : 57
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved